नेपालमा कोरोनालाई जितेर घर फर्कनेको संख्या ४ पुग्यो

काठमाडौंः नेपालमा कोरोना संक्रमित थप एकजना युवक उपचारपछि घर फर्केसँगै स्वास्थ्यलाभ गर्नेको संख्या ४ पुगेको छ। कैलालीको लम्कीचुहा नगरपालिका-९ प्रतापपुरका २१ वर्षीय युवक आइतबार अस्पतालबाट डिस्चार्ज भएर घर गएपछि स्वास्थ्यलाभ गर्नेको संख्या ४ जना पुगेको हो।

शनिबार मात्रै धौलागिरि अस्पताल बाग्लुङमा उपचाररत ६५ वर्षीया महिला र काठमाडौंको टेकुबाट १९ वर्षीया प्रशिद्धि श्रेष्ठ स्वास्थ्यलाभ गरी अस्पतालबाट घर फर्किएकी छिन्। यसअघि चीनबाट आएका नेपालका पहिलो संक्रमित गत माघमै पनि निको भएर घर गएका थिए।

नेपालमा हालसम्म भेटिएका जम्मा ३१ जना संक्रमितमध्ये अन्य २७ जना देशका विभिन्‍न अस्पतालमा उपचाररत रहेका छन्। तीमध्ये टेकुमा १, पाटनमा २, बागलुङमा १, धनगढीमा ४, वीरगन्जमा ४, भरतपुरमा २ र विराटनगरमा १३ जना रहेका छन्। थाहा खबरबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *