नेपालमा पुनः १३ जनामा कोरोना भाइरस संक्रमण , संक्रमितको संख्या १ सय ३४ पुग्यो

काठमाडौं, २९ बैशाख । आजमात्र नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । विहान र दिउँसो गरी ११ जनामा संक्रमण फेला परेको अवस्थामा साँझ पुनः १३ जनामा संक्रमण फेला परेको छ ।

यसप्रकार आज एकै दिन नेपालमा २४ जना संक्रमित थपिएका छन् । पछिल्लो पटक कपिलवस्तुमा ६ जनामा , रुपन्देहीमा ६ जनामा र बर्दियामा १ जनामा कोरोना भाइरस पोजिटिभ देखिएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या १ सय ३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ३३ जना निको भइसकेका छन् ।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *