नेपालमा फेरि २ जनामा कोरोना देखियो, संक्रमित ५१ पुग्यो

काठमाडौं । मुलुकमा फेरि २ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । आइतबार वीरगंजका २ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो ।

मुलुकमा थप २ जनामा कोरोना देखिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यो संगै मुलुकमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । ५१ संक्रमित मध्ये १२ जना पूर्ण रुपमा निको भएर अस्पतालबाट घर फर्किसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *