नेपाल आएर सन्दीपले भने- ‘कथा सकिएको छैन, बिस्तारै सुरु हुँदैछ’

काठमाडौं, २७ कात्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पीनर सन्दीप लामिछाने नेपाल फर्किएका छन् । इण्डियन प्रिमियर लिग (आइपीएल) खेल्न यूएई पुगेका सन्दीप बिहिबार बिहान नेपाल आइपुगेका हुन् । क्यारेबियन प्रिमियर लिग (सिपिएल)मा सहभागी हुन उनी साउन १५ गते वेष्ट इन्डिजतर्फ प्रस्थान गरेका थिए ।

क्यारेबियन लिग सकेर उनी त्यतैबाट आइपीएलका लागि यूएई पूगेका थिए । उनलाई (आईपीएल)का लागि दिल्ली क्यापिटल्सले लगातार दोस्रो पटक टिममा अनुबन्ध गरेको थियो । उनले पहिलो पटक गत बर्ष आईपीएलको १२ औं सिनजमा खेल्ने मौका पाएका थिए ।

आईपीएलको १३ औं सिजनमा उनी आबद्ध टीम दिल्ली उप बिजेता बनेको छ । दिल्ली फाइनलमा मुम्बईसँग ५ विकेटले पराजित भएको थियो । आइपीएलको खेल सम्पन्न भएसम्म दिल्लीले १७ खेल खेलेको थियो । तर उनले एक खेल पनि खेल्ने अवसर पाएका थिएनन् ।

सन्दीपले बिहिबार बिहान नेपाल आएर ट्वीट गर्दै भनेका छन् कथा सकिएको छैन, विस्तारै शुरु हुँदै छ ।’ सन्दीप अब केहि हप्ताको नेपाल बसाईपछि बिग बास लिग ९बीबीएल० खेल्न अष्ट्रेलिया जानेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *