नेपाल एअरलाइन्स जापान र चीन जाँदै

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शुक्रबार चार वटा अन्तर्राष्ट्रिय उडान हुँदैछ । विमानस्थल कार्यालयका अनुसार बेलायतले आफ्ना नागरिक घर फर्काउन टाइटन एअरको जहाज चाटर्ड गरेको छ । जहाज मध्यान्ह १२ बजे काठमाण्डौं आइपुग्ने कार्यालयले जनाएको छ । बेलायतले योसहित दोस्रो विमान चार्टर्ड गरेर नागरिक घर फर्काएको छ भने आउँदो हप्ता थप नागरिक घर फर्काउने जनाएको छ ।

यस्तै आजै कोरियन नागरिक लैजान कोरियन एअरको जहाज पनि नेपाल आउँदैछ । यो जहाज पौने ४ बजे आइपुग्नेछ । नेपाल एअरलाइन्सले शुक्रबार दुई वटा चार्टर्ड उडान गर्दैछ । एउटा वाइडबडी जहाज जापानी नागरिक बोकेर नारिता जाँदैछ भने अर्को वाइडबडी औषधि र मेडिकल सामग्री लिन चीनको ग्वान्झाउ जान लागेको नेपाल एअरलाइन्सले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *