नेपाल-कोरिया मैत्री अस्पताल थिमीमा सुविधायुक्त आइसोलेसन वार्ड सञ्चालनमा

भक्तपुर, २ वैशाख । नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमीमा सुविधायुक्त आइसोलेसन वार्ड सञ्चालनमा ल्याइएको छ । कोरोना भाइरसको जोखिम रहेको बेलामा शंकास्पद विरामीको उपचार गर्न अस्पतालले १० वेडको आइसोलेसन वार्ड, ६ वेडको भेन्टिलेटरसहितको आइसोलेशन र २० वार्डको क्वारेन्टाइन वार्ड तयार गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले जानकारी दिनुभयो ।

वार्डमा पार्टेसन गरिएको छ, भने भेन्टिलेटरको सपोटृ हुनेगरी बनाइएको छ । विरामीको प्रत्यक्ष निगरानी राख्न सीसी क्यामेराको समेत व्यवस्था मिलाएको अध्यक्ष श्रेष्ठले बताउनु भयो ।

यस्तै विभिन्न १५ मुलुकबाट फर्किएर मध्यपुर थिमी नगरपालिका भित्र बसोवास गर्ने ५३ जनाको कोराना परीक्षण गरेको र सवैको रिर्पोट नेगेटिभ आएको अस्पतालले जनाएको छ । यस अस्पतालले कोरोना परीक्षणका लागि आफ्नै मोलिकुर ल्याब समेत सञ्चालनमा ल्याइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *