नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झर्यो

काठमाडौं, १३ बैशाख । नेपाल कोरोना भाइरसको अति उच्च जोखिमबाट एक तह तल झरेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड१९ को रोकथाम तथा नियन्त्रणमा खेलेको भूमिकाको कारणले गर्दा केही दिनअघि मात्र नेपाललाई अतिउच्च जोखिमबाट उच्च जोखिममा झारेको हो ।

छिमेकी मुलुक चीनको वुहान शहरमा कोरोना भाइरस देखिएको र भारतसँगको खुला सीमाका कारण नेपाललाई अतिउच्च जोखिममा राखिएको थियो । नेपालमा कोभिड १९ संक्रमण फैलिन नदिनका लागि गत चैत ११ गतेदेखि लकडाउन गरिएको छ । कोभिड १९ को परीक्षणको दायरासमेत बढाइएकाले अति उच्च जोखिमबाट तल झरेको बताइएको छ ।

अहिले १५ स्थानमा पीसीआर र ७५ जिल्लामा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) दुवै विधिबाट परीक्षण गरिएको छ । अहिले प्रत्येक २५० जनामा एक जनामा परीक्षण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *