नेपाल प्रहरीको केन्द्रीय प्रवक्तामा डिआइजी शाही

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी नायव महानिरीक्षक निरजबहादुर शाहीलाई नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता तोकेको छ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रुपमा सञ्चार माध्यमहरूमा सम्प्रेषण गर्न शाहीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको जनाइएकाे छ। यसअघिका प्रवक्ता शैलेश थापा क्षत्री एआइजीमा बढुवा भएपछि प्रवक्ताको जिम्मेवारी शाहीलाई दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *