नेपाल भित्रिएको केटीएम २०० र २५० ड्युक बाइकको मूल्य कति ?

काठमाडौं । नेपालका लागि आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले केटीएम २०० ड्युक बाइक परिमार्जित रुपमा नेपाली बजारमा विक्री सुरु गरेको छ । कम्पनीले बीएस ६ मापदण्डयुक्त २०२० मोडलको केटीएम २०० ड्युक नेपाली बजारमा उपलब्ध गराएको हो ।

२०२० केटीएम २०० ड्युक अपग्रेड गरिएको छ, जुन १२९० सुपर ड्यूकआरबाट प्रेरित छ । बाइक हलुका स्प्लिट ट्रेलिस फ्रेम, ट्याङ्क र हेडल्याम्पका साथ अपग्रेड गरिएको छ । इन्धन ट्यांककीको क्षमतालाई १०.२ लिटरबाट बढाएर १३.५ लिटर गरिएको छ ।

नयाँ केटीएम २०० ड्युक दुई नयाँ रङको विकल्पः इलेक्ट्रोनिक अरेन्ज र सिरेमिक व्हाइटमा उपलब्ध छ । बाइकको मूल्य ५ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ । त्यस्तै बजारमा केटीएम २५० ड्युक पनि बीएस ६ इन्जिनका साथ उपलब्ध छ । यसको मूल्य ६ लाख ३९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *