पहिरोमा परी बाबुकाे मृत्यु, ६ छोरी टुहरा बने

कालिकोट, ४ साउन । पचालझरना गाउँपालिका वडा नं ३ को खाँदुमा पहिरो जाँदा एक जनाको मुत्यु भएको छ भने एक जना घाइते भएका छन्।स्थानीय जंगलमा काठ चिरानी गर्न गएका वर्ष ४६ का ध्वजवीर कठायतको पहिरोमा परी घटनास्थलमै मुत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएस्पी श्यामबाबु ओलीयाले बताउनुभयो ।

कठायतसँगै काठ चिर्न गएका मुनि बस्नेत घाइते छन् । घाइतेको जिल्ला अस्पताल कालिकोटमा उपचार भइरहेको छ ।मृतक कठायतका ६ वटा छोरी छन् । कठायतकी श्रीमतीको २०६८ सालमा क्यान्सर रोगका कारण मृत्यु भएको पचालझरना गाउँपालिका अध्यक्ष खड्कराज सेजुवालले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *