पार्किङ गरेको बसभित्र मध्यरातमा युवायुवती भेटिएपछि…

धनगढी : पार्किङ गरिएको बसभित्र ४ जना युवायुवतीलाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-४ उत्तरवेहडीमा पार्किङ गरेको बसभित्र मंगलबार मध्यरातमा प्रहरीले पक्राउ गरेको हो।

धनगढीका २४ वर्षीय दिलिप थापामगर र टीकापुरका १९ वर्षीय राम चौधरीसहित ४ जना युवायुवती पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षबहादुर बस्नेतले जानकारी दिए । ‘बसभित्र हल्ला भएपछि स्थानीयले प्रहरीलाई खबर गरेको सूचनाको आधारमा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक बस्नेतले भने

प्रहरीका अनुसार पक्राउ परेका चार जनामध्ये एकजना सोही बसका सह-चालक हुन् भने अर्का युवा उनका साथी हुन् । दुई जना युवतीले भने आफूहरु मंगलबार मात्रै काठमाडौंबाट आएको प्रहरीलाई बयान दिएका छन् । प्रहरी नायव उपरीक्षक बस्नेतले उनीहरुका अभिभावकलाई बोलाएर कारवाहीको प्रक्रिया अगाडि बढाउने जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *