पार्टीभित्रकाे स्वेच्छाचारिता मान्य हुँँदैन : माधव नेपाल

काठमाडौं, ९ वैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीभित्र अनेकौं आशंका उत्पन्न भएको बताएका छन्। नेता नेपालले हाल विकसित कतिपय घटना क्रमले पार्टी भित्र अनेकौँ आशंका र चिन्ता उत्पन्न भएको बताएका हुन्।

पार्टी एकता सुदृढ बनाइराख्न आग्रह गर्दै मंगलबार जारी गरिएको प्रेस विज्ञप्तिमा पार्टीलाई विधिका आधारमा सहमति, समझदारी र विश्वासका साथ अघि बढाउने कुरामा आआफ्नो ठाउँबाट योगदान गर्न आग्रह गरेका छन्।

विषम परिस्थितिमा सरकार र पार्टी कहीँबाट पनि मूल जिम्मेवारीबाट ध्यान अन्यत्र मोड्ने, संविधान र कानूनी शासनका मान्यतामा प्रहार हुने, अविश्वास र आशंका उत्पन्न हुने तथा पार्टीको एकतामा आघात पुग्नसक्ने कामकुरा हुन नहुनेमा नेता नेपालले जोड दिएका छन्।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले व्यक्तिवाद, संकीर्ण स्वार्थ, व्यक्तिगत आग्रह वा अहमबाट वा कुनै प्रकारको आक्रोश, भावावेस वा अनावश्यक आशंका र अविश्वासबाट प्रेरित वा प्रभावित हुन नहुनेमा जोड दिएका छन्। पार्टी एकताको मर्म, भावना र उद्देश्यलाई बलियोसँग पक्रिएर अघिबढ्नु हामी सबैको दायित्व भएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *