पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थाल्याे – प्रचण्ड

काठमाण्डाै – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले पार्टी एकताका लागि चित्त नबुझेका कतिपय कुराहरुमा निर्णय लिनु पर्ने बाध्यता रहेको बताउनुभएको छ ।

राष्ट्रिय चि कित्सक संघ र नेपाल प्रगतिशील चि कित्सक संघले शनिबार काठमाण्डौमा आयाेजना गरेको अन्तरक्रियामा उहाँले कतिपय अवस्थामा आफूलाई पार्टी एकता नगरेको भए ठिक हुने थियो कि भन्ने अनुभूति हुन थालेको बताउनुभयो ।

नेकपाको सचिवालय बैठकको लामो छलफलपछि महत्वपूर्ण कुराहरुमा निर्णय लिएको भन्दै अध्यक्ष दाहालले कतिपय विषय पार्टी एकतालाई बलियो बनाउनका लागि गरिएको पनि स्पष्ट पार्नुभयो ।

कम्युनिष्ट पार्टीका लागि अवसर र चुनौती दुवै भएको भन्दै उहाँले अहिले केही गर्न नसके इतिहाँसले धि क्कार्ने बताउनुभयो । अध्यक्ष दाहालले यस्तो अवसर सधैँ नआउने भन्दै सरकारका कामलाई व्यवस्थित र प्र भावकारी बनाउनु पर्नेमा जोड दिनुभयो ।

यस्तै अध्यक्ष दाहालले चि कित्सकहरुले आफ्नो पेशालाई मान वतासँग जोडेर काम गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयाे । पेशा सुर क्षित, लोकप्रिय र मर्या यादित बनाउन सरकारले सहयोग गर्ने भन्दै चिकित्स कले पनि बि रामीलाई बस्तु नठानी मान वीयतामा रहेर काम गरे समाजवाद उन्मुख देश बनाउन सकिने बताउनुभयो ।

अध्यक्ष दहालले विश्वमै स्वास्थ्य क्षेत्र पूँजी पतिले चलाएको भन्दै स्वास्थ्य क्षेत्रलाई समा जवाद उन्मुख गराउने चु नौती रहेको पनि बताउनुभयो । कार्यक्रममा नेकपाका महासचिव विष्णु पौडेलले स्वास्थ्य सेवा स र्वसुलभ हुनु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा सहभागी चिकि त्सकहरुले भने गुणस्त रीय स्वास्थ्य सेवाका लागि सुरक्षित पेशा आवश्यक रहेको भन्दै सरकारी नीति प्र ष्ट हुनु पर्ने माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *