पार्टी फुटाउन आफ्नो सांसद अपहरण गरेको समाजवादीको आरोप

समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी विभाजनका लागि पार्टीका सांसदलाई अपहरण गरेको आरोप लगाएका छन् । डा. भट्टराईका अनुसार पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई सरकारी पक्षले अपहरण गरेको हो ।

बुधबार साँझ डा. भट्टराईको फोनमार्फत पठाइएको सूचनामा भनिएको छ, ‘आज वैशाख १० गते साँझ साढे पाँच बजे पूर्वस्वास्थ्य राज्यमन्त्री तथा समाजवादी पार्टीका केन्द्रीय सदस्य डा. सुरेन्द्र यादवलाई प्रधानमन्त्री ओलीको ठाडो आदेशमा काठमाडौंबाट गएको प्रहरी टोलीले जनकपुरबाट अपहरण गरेर पार्टी फुटाउने प्रयोजनका लागि काठमाडौं लगेको छ ।’

‘उहाँ काठमाडौं जान नमानेपछि काठमाडौंबाट नै प्रहरी पठाएर जबर्जस्ती काठमाडौं ल्याइँदै छ,’ डा. भट्टराईका प्रेस सल्लाहकार तथा समाजवादी पार्टीका प्रचार विभाग उपप्रमुख विश्वदीप पाण्डेले भने, ‘प्रहरीले जबर्जस्ती उठाएर लगेपछि साथीहरू प्रहरीलाई रोक्नका लागि सिन्धुलीतर्फ लाग्दै हुनुहुन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *