पृथ्वीनारायण शाहले एकीकरण गर्न प्रयोग गरेको बाटो हिंडेर काठमाडौं आइपुग्यो नेपाली सेनाको पदयात्रा टोली

काठमाडौं, गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग प’दयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ। पुस २१ गते देखि गोरखा दरबारबाट सुरु भएको ‘गोरखा–काठमाडौं ए’कीकरण मार्ग पदयात्रा’ आज (पुस २६ गते) साँझ काठमाडौंको हनुमानढोकामा रहेको शा’र्दुलजंग गु’ल्ममा आइपुगेको हो। पदयात्रामा नेपाली सेनाले गोरखा दरबारबाट राष्ट्रिय एकताको प्र’तिक नेपालको राष्ट्रिय झण्डा र टर्च लगायत नेपाली सेनाको प्रथम पाँच वटा यु’निटहरुको झण्डा काठमाडौं ल्याइपु¥याएको छ।

नेपाली सेनाले राष्ट्र निर्माता पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा प्रयोग गरेको एकीकरणको बाटो हिं’डेर एकताको सन्देश दिएको पनि बताएको छ। पदयात्रामा रहेको सेनाको टोली गोरखाबाट नुवाकोट हुँदै ६ दिन लगाएर आज हनुमानढोका आइपुगेको हो। आज नुवाकोट जिल्लाबाट आएको श’म्शेरदल गणको टोलीले हनुमानढोकामा रहेको शा’र्दुलजंग गु’ल्मलाई गोरखा दरबारदेखि ल्याएको राष्ट्रिय एकताको प्रतिक नेपालको राष्ट्रिय झण्डा र टर्चका साथै नेपाली सेनाको प्रथम पाँच वटा यु’निटहरुको झण्डा ह’स्तान्तरण गरेको हो।

हनुमानढोका दरबारमा पदयात्रा टोलीलाई स्थानीय निकायका प्रतिनिधि, गु’ठी, क्लबहरु, सर्वसाधारण लगायतले स्वागत गरेका थिए । सो अवसरमा श’म्शेरदल ग’णले हनुमानढकोकामा तै’नाथ शा’र्दुलजंग गु’ल्मलाई कार्यक्रम आयोजना गरी सै’निक ड्रि’लको प्र’दर्शन समेत गरेको थियो। पदयात्रामा रहेको टोलीले ल्याएको नेपालको झण्डा, टर्च र नेपाली सेनाको झण्डा पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा सोमबार प्रधान सेनापतिलाई ह’स्तान्तरण गर्ने कार्यक्रम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *