पेरिसडाँडाबाट बालिका खड्का प्रहरी नियन्त्रणमा

पेरिसडाँडाबाट बालिका खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ। पेरिसडाँडास्थित नेपाल कम्युनिष्ट पार्टी नेकपाको कार्यालयमा प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठौरले जानकारी दिए।

आइतबार पेरिसडाँडामा नेकपाको सचिवालय बैठक बसेको छ। त्यहाँ नेताहरूसँग भेट्ने भन्दै प्रवेश गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिएको एसपी राठौरले बताए। ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। उहाँ नेताहरूलाई भेट्न भन्दै कार्यालयभित्र जान खोज्दै हुनुहुन्थ्यो,’ उनले भने, ‘पछि भेट्नु भन्दा नमानेपछि नियन्त्रणमा लिइएको हो।’

उनलाई महानगरीय प्रहरी प्रभाग कोटेश्वरमा राखेर सोधपुछ गरिरहेको छ। उनले किन भेट्न खोजेको हो भन्ने कुरा नखुलेको महानगरीय प्रहरी वृत्त बानेश्वरका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतले बताए। ‘नेताहरूलाई किन भेट्न खोज्नुभएको हो भन्ने उहाँले केहि बताउनु भएन। सोधपुछ गरिरहेका छौं,’ उनले भने।

यसअघि खड्काले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईकी श्रीमती हुँ भन्दै अंश माग गरी मुद्दा दायर गरेर उक्त मुद्दा फिर्ता लिएकी थिइन्। उनले गत बिहीबार मुद्दा फिर्ता लिँदै अरूको उक्साहटमा मुद्दा दायर गरेको भन्दै फिर्ता लिएकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *