पैँचो पसलले सुरु गर्यो होम डेलिभरी, तरकारी चाहिएमा सिधै फोन गर्न सकिने

बुटवल– पैँसोे पसलले उपभोक्ताहरुको घरघरमा तरकारी डेलिभरी गर्न थालेको छ । पसल भन्दा केही टाढाका उपभोक्ताहरुको आग्रहअनुसार नै घरघरमा निःशुल्क तरकारी तथा अन्य खाद्य सामाग्रीहरु पुर्याउन थालिएको पैँसो पसलले जनाएको छ ।

त्यसैगरी, पसल नजिक रहेका उपभोक्ताका लागि भने बुटवल स्थित सुख्खानगरको पसलबाटै सामाजिक दुरी कायम गरी तरकारी र खाद्यान्न बिक्री गरिरहेको पैँचोले जनाएको छ । लकडाउनका कारण बाहिर निस्किन समस्या भएपछि उपभोक्ताहरुले नै होम डेलिभरीको लागि आग्रह गरेसँगै सेवा उपलब्ध गराएको पैँचो पसलका व्यवस्थापक विष्णु भण्डारीले बताए ।

बुटवलका पूर्व औद्योगिक क्षेत्र, पश्चिम बेलबास, उत्तर चिडियाखोला, दक्षिण मंगापुरसम्मका उपभोक्ताहरुलाई निःशुल्क होम डेलिभरी सेवा दिएको भण्डारीले बताए । नगद कारोबार गर्न सहज होस् भनेर पैँचोले सामान अर्डर गर्दा एक हजार रुपैयाँको सामान अर्डर गर्न उपभोक्ताहरुलाई आग्रह पनि गरेको छ ।

पैँसो पसलको नम्बरमा फोन गरेर उपभोक्ताले तरकारी अर्डर गर्न सक्नेछन् । र अर्डर गरेको एक घन्टा भित्रै पैँचोले सामान घरघरमा पुर्याइदिन्छ । सामान अर्डर गर्नको लागि पैँसो पसलको फेसबुक पेजमा राखिएका मोबाइल नम्बर ०७१ ५४१४९८, ९८५७०७६०५८, ९८५७०७६०६७ मा सिधै सम्पर्क गर्न सकिनेछ ।

साथै, पैँसोेले आफ्नै मोबाइल एप पनि छिटै लन्च गर्ने तयारी गरेको छ । मोबाइल एममार्फत हरेक दिन उपलब्ध तरकारी, फलफुल तथा खाद्यान्नको मूल्य सूची राखीने जसबाट उपभोक्ताहरुले सहज रुपमा सामान खरिद गर्न सक्ने पैँसोेले जनाएको छ ।

पहाडी जिल्लामा उत्पादित तरकारी, फलफूल तथा अन्य खाद्य सामाग्री पैँचोले बुटवल ल्याएर सोझै र प्रशोधन गरेर बिक्री वितरण गर्दै आएको छ । पसलले गुल्मी, पाल्पा, रोल्पा, रुकुम, जुम्ला, मुस्ताङ, अर्घाखाँचीलगायतका स्थानका ६० हजार भन्दा बढी किसानले उत्पादन गर्ने अर्गानिक तरकारी, फलफूल र अन्य कृषि उपज ५० वटा संकलन केन्द्रमा संकलन गरी बुटवलसम्म ल्याइ विक्री गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *