पोखराबाट हिँडेर रोल्पा जान लागेकी दुई महिनाकी सुत्केरीलाई उद्दार गरी क्वारेन्टाइनमा राखियो

काठमाडौं : दुई महिनाको सुत्केरी रबिना थकाली बागलुङको क्वारेन्टाइनमा। पोखराबाट हिँडेर रोल्पा जान लागेकी थकालीलाई बागलुङ र पर्वतको सिमाना मालढुंगाबाट उद्दार गरी बागलुङस्थित रामरेखा आधारभूत विद्यालयमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ ।

यस्तै, लक डाउनले काम विहिन भए पछि पैदल यात्रा मार्फत बागलुङ हुँदै आफ्नो घर हिँ’डेका मजदुरहरुको बागलुङका स्वास्थ्य परीक्षण गरिएको छ । बागलुङको प्रवेशद्वार मालढुङ्गा बाट उद्धार गरी आश्रम स्थलमा राखिएका ५८ जनाको बागलुङ नगरपालिकाको स्वास्थ्य एकाईले कोरोना संक्रमणको अवस्था पहिचानको लागि ¥यापिड टेष्ट गरेको हो । उनीहरु सबैको स्वास्थ्य परीक्षण रिपोर्ट नेगे’टिभ आएको प्राविधिक धौला गिरी अञ्चल अस्पतालका मेडिकल ल्याब टेक्निसियन प्रमुख सुरज बराल सुरज बरालले जानकारी दिए ।

आईत बार साँझ र सोमबार विहान उद्धार गरिएका मजदुरको बागलुङ नगर पालिका–१ रामरेखा आधारभुत विद्यालयमा निर्माण गरिएको क्वारेन्टिनमा स्वास्थ्य परीक्षण गरिएको थियो । रोल्पा, रुकुम, खोटाङ, मुस्ताङ तथा बागलुङको गल्कोट पुग्ने मजदुरहरु पोखरा लम्जुङ हुँदै तीन देखि पाँच दिनको पैदल यात्रा गरी बागलुङ आई पुगेका थिए । आईतबार उद्धार गरिएका मजदुरलाई आश्रम स्थलमा राखि बागलुङ नगर पालिकाले खाना बस्नको व्यवस्थापन गरेको थियो ।

मजदुरहरुलाई जिल्ला प्रहरी कार्यालय र बागलुङ नगरपालिकाले उद्धार गरि साविकको स्थानिय शान्ति समितिको भवनमा र रामरेखा क्वारेन्टाइनमा राखेको थियो । लक डाउनको समय थपिदै गए पछि कामको शिलशिलामा जिल्ला बाहिर गएको मजदुरहरु चार पाँच दिनका कठिन पूर्ण पैदल यात्रा मातर्फ भए पनि घर फर्कन सुरु गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *