प्रचण्डकी नातिनी राजेश हमालको जोडी बनिन्

काठमाडौं । आफैंले गाएको गीतको म्युजिक भिडियोमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी स्मीता दाहाल राजेश हमालको जोडी भएर देखिएकी छिन् । स्मीता र राजनराज शिवाकोटीको स्वर रहेको ‘मालिङ्गो’ बोलको गीतको म्युजिक भिडियोमा राजेश हमाल र स्मीताको मुख्य अभिनय छ ।

भिडियोमा राजेश हमाल पत्रिका घरघरमा पुर्याउने हकरको रुपमा र स्मीता बलात्कार हुनबाट जोगिएकी किशोरीको रुपमा प्रस्तुत भएका छन् । सुनिल क्षेत्रीको कथा/कन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतीले खिचेका हुन् भने सरोज ओलीले निर्देशन गरेका हुन् । सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा राजनराज शिवाकोटीको संगीत छ । उदयराज पौडेलको एरेन्ज र श्यामस्वेत रसाइलीको मिक्सिमा भुपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *