प्रत्यक्ष निर्वाचित राष्ट्रपति बनाउन संविधान संशोधन गराैँ – शेरवहादुर तामाङ

काठमाडौं । सत्तारुढ नेकपा सांसद तथा पूर्व कानूनमन्त्री शेरवहादुर तामाङले राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधनको प्रस्ताव राखेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा विशेष समय लिएर बोल्दै नेकपा सांसद तामाङले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने गरी शासकीय स्वरुप बनाउनुपर्ने बताए ।

संविधान जारी गर्ने बेला त्रुटि भएको भन्दै उनले भने, ‘अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको निर्वाचन प्रणालीमा जानको लागि सबैको ध्यानाकर्षण गराउन चाहान्छु । प्रत्यक्ष निर्वाचित राष्ट्रपतिको प्रणालीमा जाउँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *