प्रदेश २ : ८ जिल्लाका २७ स्थानमा १५२० जनाको पिसीआर परीक्षण गरिँदै, परीक्षणको दायरा बढाइँदै

काठमाडौं : पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९) संक्रमित बढेपछि प्रदेश २ का केही जिल्लामा सरकारले ठूलो संख्यामा परीक्षण गर्ने भएको छ। सरकारले प्रदेश नं. २ बाट ठूलो परिमाणमा पीसीआर परीक्षणका लागि नमूना संकलन गरिँदैछ। जसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा नेपाली सेना र मेडिकल ल्याबरोटरी एसोसिएसन अफ नेपाल नेपाल मेलानको समन्वयमा काठमाडौंबाट गएको प्राविधिक टोलीले स्थानीय स्वास्थ्यकर्मीको समन्वयमा शनिबार ४६५ जनाको थ्रोट स्वाब संकलन गरिसकेको छ।

पछिल्लो समय सरकारले कोरोना भाइरसको संक्रमण नफैलिओस् भनेर धेरै भन्दा धेरै परिक्षण गर्ने नीति लिएको छ। कोरोना भाइरसको संक्रमितको उच्च जोखजिममा रहेको प्रदेश २ मा परीक्षणको दयरा बढाएएको हो।

हाल प्रदेश २ मा संकलन गरिएको नमसना बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, कीटजन्य रोग अन्वेषण केन्द्र हेटौँडाको प्रयोगशाला र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा परीक्षण गरिने तयारी गरिएको छ।

अहिलेसम्म प्रदेश नं. २ का पर्सा, रौतहट र सर्लाही गरी ३ जिल्लामा कोरोना संक्रमण देखिएको छ। अरु जिल्लामा पनि यसको संक्रमण हुनसक्ने भन्दै कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले प्रदेश नं. २ का सबै आठवटा जिल्लाका जोखिमयुक्त समूहको पहिचान गरि स्वाब संकलन गर्न गरी ठूलो परिणाममा एकै पटक परीक्षण गर्न लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हाल प्रदेश २ का विभिन्‍न ८ जिल्लामा २७ वटा क्लस्टर छुट्याई नमूना संकलन गरिएको बताइएको छ। हाल बारामा ७५, पर्सामा ५२०, महोत्तरीमा ३५, धनुषामा ३५, रौतहटमा १००, सर्लाहीमा १२०, सिराहामा ३१५, सप्तरीमा ३२० गरी १ हजार ५२० जनाको नमुना संकलन हुँदैछ।

केही जिल्लामा पहिलो दिनमै नमूना संकलन भएको छ। बाँकी रहेका केही जिल्लामा आज थप संकलन हुने बताइएको छ। विदेशबाट आएका, संक्रमितका परिवार तथा उनीहरुको सम्पर्कमा रहेका व्यक्तिलाई पहिलो प्राथमिकतामा राखेर नमुना संकलन गरिएको बताइएको छ। यो नमुनाको नतिजा आएपछि कोरोना संक्रमणको स्तर कस्तो छ भन्‍ने थाहा हुने मन्त्रालयका अधिकारीहरुले बताउने गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *