प्रदेश ५ को कोरोना उपचार कोषमा अर्घाखाँची सिमेन्टको ५१ लख सहयोग

प्रदेश ५ सरकारकोे कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा अर्घाखाँची सिमेन्ट प्रा.लि.ले ५१ लाख रुपैयाँ सहयोग गरेको छ । प्रा.लि.ले एक कार्यक्रमकाबीच आइतबार मुख्यमन्त्री शंकर पोखरेललाई उक्त सहयोग हस्तान्तरण गरेको हो ।

अर्घाखाँचीले ५ नम्बर प्रदेश सरकारले स्थापना गरेको कोरोना नियन्त्रण, रोकथाम तथा उपचार कोषमा उक्त रकम जम्मा गरेको हो । त्यसै गरी, अर्घाखाँची सिमेन्टले आफ्नो खानी क्षेत्रका बासिन्दा र उद्योग क्षेत्र वरिपरीका बासिन्दालाई २० लाख रुपैयाँ बराबरको खाद्यान्न समेत सहयोग गरेको अर्घाखाँची सिमेन्टका सञ्चालक राजेश अग्रवालले बताए ।

उद्योग बन्द भएसँगै खानीमा काम गर्ने मानिसलाई दैनिक गुजारा गर्नै समस्या परेपछि उद्योगले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत २० लाख रुपैयाँ बराबरको खाद्यान्न किनेर स्थानीयलाई बाडेको जनाएको छ । प्रदेश ५को उक्त कोषमा अहिले सम्मकै धेरै रासी भएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *