प्रधानमन्त्रीकाे गृह जिल्लामै देखियाे काेराेना, संक्रमित संख्या ४९ पुग्याे

काठमाडौं । प्रधानमन्त्री केपी ओलीकाे गृह जिल्ला झापामा काेराेना भाइरस संक्रमण देखिएको छ । शुक्रबार झापाकाेे ६२ वर्षीष पुरूषमा काेराेना भाइरस संक्रमण देखिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे सँगै मुलुकमा काेराेना भाइरस संक्रमितकाे संख्या ४९ पुगेको छ । ४९ संक्रमित मध्येे १० जना पूर्ण रूपमा निकाे भएर अस्पतालबाट फर्किसकेका छन् । अन्य सबैकाे उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *