प्रधानमन्त्री ओलीको उपचार खर्चको बिल प्रधानमन्त्री कार्यालयमा पठाइने, अनुमानित बिल ५ लाख

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिवि शिक्षण अस्पतालमा गरेको मिर्गौला प्रत्यारोपणसहितको अन्य उपचार खर्च करीब ५ लाख जति लागेको अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्गाले बताएका छन् । शुक्रवार साँझ प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज भएपछि सञ्चारकर्मीहरूले राखेको जिज्ञासामा डाक्टर खड्गाले अरूलाई जति खर्च लाग्छ, प्रधानमन्त्रीलाई पनि त्यति नै लागेको बताएका हुन् ।

‘हिसाबकिताब गर्न त पाइएको छैन तर मिर्गौला प्रत्यारोपणमा लाग्ने सामान्य खर्च साढे ४ देखि ५ लाखसम्म हो,’ डाक्टर खड्गाले भने, ‘बिल प्रधानमन्त्री कार्यालयमा पठाइन्छ । कसरी पेमेन्ट आउँछ हामीलाई थाहा हुने कुरा भएन ।’ डाक्टर खड्गाले १/२ महिनासम्म संक्रमणको जोखिम रहेकाले जोगिनुपर्ने बताए । ‘आवश्यक चिकित्सक र नर्सहरू प्रधानमन्त्री कार्यालय आफैंले व्यवस्था गर्छ,’ डाक्टर खड्गाले भने, ‘उहाँलाई यहाँबाट स्वस्थ बनाएर पठाइएको छ, अत्यावश्यक पर्यो भने आउनुहुनेछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *