प्रधानमन्त्री ओलीद्वारा अपरान्ह ४ बजे सर्वदलीय वैठक आह्वान

काठमाडौं, ३१ बैशाख । नेपालमा कोरोना भाइरस संक्रमितको दर ह्वात्तै बढ्दै जाँदा र लिपुलेकमा भारतले बनाएको सडकको विषय चर्को बन्दा प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय वैठक आह्वान गर्नु भएको छ ।आज अपरान्ह चार बजे प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बस्ने गरी उहाँले सर्वदलीय बैठक बोलाउनु भएको हो ।

कोरोना भाइरस रोकथाम र न्यूनीकरणका लागि र लिपुलेकमा नेपालको सीमा मिचेर भारतले सडक बनाएको विषयमा सबै दलको साँझा धारणा बनाउने अभिप्रायले बैठक बोलाइएको बताइएको छ ।छलफलमा पूर्वप्रधानमन्त्रीहरु पनि सहभागी हुनुहुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *