फेरि थपिए ५ जना काेराेना संक्रमित, देशभर संक्रमितकाे संख्या २ सय ५० पुग्यो

काठमाडाैँ, जेठ १, थप ५ जनामा कोरोना संक्रमण देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाहीमा १, धनुषा र महोत्तरीका २/२ जनामा कोरोना देखिएको हो।

यो सँगै नेपालमा कुल संक्रमितको संख्या २ सय ५० पुगेको छ । जसमध्ये ३५ जना उपचारपछि घर फर्किएका छन् ।यसअघि आजै बिहान कपिलवस्तीकी ६ वर्षीया बालिका र काठमाडौं चन्द्रागिरीका ३२ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *