नेपालगन्ज : बाँके जिल्लामा कोरोना भाइरस संक्रमित १० औं व्यक्तिको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठका अनुसार नेपालगन्ज उपमहानगरपालिका २१ पुरैनाका ५९ वर्षका पुरुषको भेरी अस्पताल नेपालगन्जमा उपचारको क्रममा शनिबार राति ११:४५ मा कोरोनाबाट मृत्यु भएको हो।
दुबैतिरको फोक्सोमा निमोनिया भएका उनलाई प्लाज्मा थेरापी, रेम्डीसिभिर औषधि पनि चलाइएको थियो। उनको मृत्युसँगै नेपालगन्जमा कोरोनाबाट मृत्यु हुनेको संख्या सात पुगेको छ।