बजेट अधिवेशन वैशाख २६ देखि

आगामी बजेट अधिवेशन वैशाख २६ गतेदेखि सुरु हुने भएको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २६ गते दिउँसो ४ बजे बजेट अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अधिवेशन बोलाउने संवैधानिक व्यवस्था छ । सरकारले हरेक वर्ष जेठ १५ गते आगामी वर्षको बजेट सार्वजनिक गर्नु पर्ने संवैधानिक व्यवस्था छ । त्यस अगाडी सरकारले नीति तथा कार्यक्रम समेत सार्वजनिक गर्नु पर्छ । बजेट पेश हुनुभन्दा १५ दिन अगाडि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने व्यवस्था प्रतिनिधि सभा नियमावलीको नियम १४२ मा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *