बलिउडकी चर्चित गायिका कनिका कपुरविरुद्ध कोरोना भाइरस फैलाएको आरोपमा मुद्दा

एजेन्सी, २५ चैत । बलिउडकी चर्चित गायिका कनिका कपुरबिरुद्ध सार्वजनिक रुपमा कोरोना भाइरस फैलाएको आरोपमा मुद्धा लागेको छ । कोरोना भाइरस संक्रमण भएकी गायिका कपुर हालै निको भएर घर फर्किएकी छन् । १४ दिनको उपचारपश्चात सोमबार मात्रै घर पुगेकी उनलाई कोरोना भाइरस संक्रमण भएको बेला पनि कन्सर्ट गरेर रोग फैल्याएको आरोपमा मुद्धा लागेको हो ।

गायिका कपुरले अहिले अस्पतालबाट छुट्न नपाउँदै अदालतको समस्या भोग्नुपरेको छ । लण्डनमा रहँदा कोरोना भाइरस संक्रमण भएकी उनी भारत फर्किएपछि क्वारेन्टाइनमा नबसी सार्वजनिक कार्यक्रममा हिडेको आरोप लागको छ ।

मुद्धापछि अदालतले गायिका कपुरलाई हाजिर हुन पुर्जीसमेत काटिसकेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । उनलाई १४ दिन भित्रमा अदालतले उपस्थित हुन उर्दी गरेको छ । मार्च ९ मा भारत आएकी कनिकालाई २० मार्चमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । उनीसँग हेलमेल भएका ६ सयभन्दा बढी सेल्फ क्वारेन्टाइनमा बसिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *