बाँकेमा कोरोना संक्रमित १ हजार ४१५ पुगे, सुरक्षा सतर्कता बढाइने

नेपालगन्ज, २८ भदाै । बाँकेमा लकडाउनलाई खुकुलो बनाएसँगै कोरोना संक्रमित पनि थपिँदै गएका छन् । कोरोना संक्रमणको दर उकालो लाग्दै गर्दा विशेषखालको सुरक्षा सतर्कता अपनाइने बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी गराउनुभयो ।कोरोना संक्रमणको जोखिम रहँदासम्म बाँकेमा हरेक हप्ता शुक्रबार र शनिबार निषेधाज्ञा लागु गरिएको छ । बाँकेमा तेश्रो पटक निषेधाज्ञा लागु गरिएको हाे ।

बाँकेमा हालसम्म कोरोना पोजेटिभ हुनेकाे संख्या १ हजार ४ सय १५ पुगेकाे छ । तीमध्ये ९ सय ८४ जना भने निकाे भइसकेका छन् । हाल क्वारेन्टाइनमा २ सय ३ जना रहेका छन् भने आइसोलेशनमा ४ सय २३ जना रहेका छन् । ८ जनाकाे भने संक्रमणका कारण मृत्यु भइसकेकाे छ ।

यस्तै बाँकेमा हालसम्म पिसिआर जाँच गरिएकाकाे संख्या २२ हजार ६ सय ५६ जना रहेकाे छ । हाल ४ जना भने आइसियुमा रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *