बाख्रा र फलफूल समेत कोरोना संक्रमित

अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागुफुलीले कोरोनाभाइरस परीक्षण गर्ने आयातित किट बेकामे भएको बताएका छन् । बाख्रो र सीताफललाई समेत कोरोना पोजिटभि देखाएपछि उक्त किटको विश्वसनीयतामा प्रश्न उठेको हो । मागुफुलीले उत्तरपश्चिममा रहेको चातोमा आयोजित एक समारोहमा उक्त टिप्पणी गरेका हुन् । परीक्षणका क्रममा प्राविधिक त्रुटिहरू भएको उनले बताए ।

कोरोनाभाइरस संक्रमणका विषयमा गोप्यता अपनाएको भन्दै सरकारको आलोचना भइरहेको छ । राष्ट्रपतिले तान्जानियावासीलाई कोरोनाभाइरस भागोस् भनी प्रार्थना गर्न समेत भनेका थिए र उनको भनाइको आलोचना भएको थियो । उनले परीक्षण किटको गुणस्तर नाप्नका लागि तान्जानियाका सुरक्षाफौजलाई आदेश दिएका छन् ।

किटबाट मानवेतर स्याम्पल लिने क्रममा सीताफल, बाख्रो र भेडोको पनि नमूना लिइएको थियो । प्रयोगशालामा ती स्याम्पलहरू परीक्षण गरिँदा पोजिटिभ पाइएपछि कोरोना संक्रमित नरहेका मानिसलाई पनि किटले संक्रमित भनी देखाएको हुन सक्ने सम्भावना छ । मागुफुलीले माडागास्करमा कोरोनाभाइरस निको पार्ने भनिएको जडीबुटी चिया पनि मगाउने निर्णय गरेको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *