बालुवाटारमा नेकपाको सचिवालय बैठक सुरु

काठमाडौँ – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार केहीबेरअघि बैठक सुरु भएको हो ।

भोलि निर्धारित स्थायी कमिठिको बैठकको पूर्वसन्ध्यामा बसेको सचिवालय बैठकले दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहालले तयार पार्ने राजनीतिक प्रतिवेदनलाई अन्तिम टुंगो लगाउने र अन्य एजेण्डाहरु तय गर्ने बुझिएको छ ।

नेकपामा केही समययता चुलिएका विवाद शनिबार यता साम्य भएको दाबी गरिएपनि सचिवालयमा उक्त दिन भएका सहमति लिपिवद्ध गर्ने विषयमा अहिले पनि शीर्ष नेताहरुबीच विमति छ ।सचिवालय बैठकअघि पार्टीका दुई अध्यक्ष ओली र दाहालबीच बुधबार बिहान पनि छलफल भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *