बाल दिवसको अबसरमा बिद्यानगरी युथ क्लबले गरायो हस्तलेखन प्रतियोगिता

७७ भदौ २९, कोहलपुर, राष्टिय बाल दिवसको अबसरमा बाँकेको कोहलपुर नगरपालीका वडा न १० मा गठन गरिएको बिद्यानगरि युथ क्लबद्वारा बालबालिकाको मनोबल उच्च बनाउने हेतु सहित हस्तलेखन प्रतियोगिता सम्पन्न गरेको छ ।

नर्सरी देखि दुई कक्षा, ३ देखि छ कक्षा र ७ देखि १० कक्षा गरि तिन समूहमा बिभाजन गरि प्रतियोगिता गराईएको थियो । प्रतियोगितामा करिब करिब ४० जनाले भाग लागेको क्लबका सचिब पवन मल्लले जानकारी दिनु भयो ।

क्लबको उपादक्क्ष बिमला गुरुङको अध्क्षयतामा सम्पन्न गरिएको कार्यक्रममा करिब करिब तिन हजार बराबरको सैक्षिक सामाग्री पुरुस्कारका रुपमा वितरण गरेको क्लबका कोषाअध्क्ष पुरषोतम शर्माले जानकारी दिनु भयो । कार्यक्रम प्रमुख अथितिका रुपमा समाजका जेष्ठ नागरिक तेजबहादुर रोकायलाई बोलाएको थियो र उहालाई सोहि कार्यक्रममा दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *