बिरामीको उपचारमा कुनै कमी नहाेस् : स्वास्थ्यमन्त्री

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री भानु भक्त ढकालले सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का पदाधिकारीलाई निर्देशन दिएका छन् । शुक्रबार न्याम्सका पदाधिकारीलाई मन्त्रालयमा बोलाएर मन्त्री ढकालले को;रोना उपचारको तयारीबारे जानकारी लिँदै अन्य बिरामीको उपचारमा पनि कुनै कमी हुन नदिन निर्देशन दिएका हुन् ।

मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको भन्दै प्रोत्साहन भत्ता र बिमाको व्यवस्था भइसकेको बताए । उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) अभाव हुन नदिने प्रतिबद्धतासमेत जनाए। मन्त्री ढकालले अहिले नेपाल को सन्दर्भमा कम्युनिटी ट्रान्समिसन नदेखिएको स्थितिमा को;रोना बाहेकका अन्य रोगका बिरामीले पनि दु:ख नपाउन् भन्ने कुरामा राज्य संवेदनशील रहेको बताए ।

उनले बिरामीको उपचार पनि बढाउन र अन्य अस्पताल सँगको सहकार्यमा समेत बिरामीको उपचार गर्न–गराउन निर्देशन दिए । साे अवसरमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जनाउँदै बिरामीलाई असुविधा हुन नदिने प्रतिबद्धता जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *