बिरामीको मृत्यु भएपछि केएमसी अस्पतालमा तोडफोड

बिरामीको मृत्यु भएपछि आफन्तले काठमाडौं मेडिकल कलेजमा तोडफोड गरेका छन्। महानगरीय प्रहरी वृत्त, गौशालाका प्रहरी नायब उपरीक्षक (डिएसपी) जितेन्द्र भण्डारीका अनुसार एक महिलाको मृत्यु भएपछि आफन्तहरूले तोडफोड गरेका हुन्। भण्डारीका अनुसार करिब १०-११ वटा झ्यालका सिसा फुटेका छन्।

तोडफोड गरेको आरोपमा प्रहरीले नौ जनालाई नियन्त्रणमा लिएको डिएसपी भण्डारीले सेतोपाटीलाई जानकारी दिए। मंगलबार बिहान १ बजे नागार्जुन नगरपालिका-५ छगडोलकी ५८ वर्षीया लक्ष्मी कुँवरको उपचारका क्रममा मृत्यु भएको थियो।

‘चिकित्सकका अनुसार उनको विभिन्न अंगहरू नचलेको र हृदयघातबाट मृत्यु भएको हो,’डिएसपी भण्डारीले भने, ‘यो कुरामा आफन्तहरूलाई चित्त नबुझेपछि तोडफोड भएको हो।’ उनले थपे, ‘उहाँहरूको अरू माग केही पनि छैन। क्षतिपूर्ति वा अरू केही माग होइन। तर अघिसम्म ठिक थियो अहिले कसरी मर्‍यो भन्ने कुरामा चित्त नबुझाएका हुन्।’ अहिले अस्पताल र पीडितपक्षबिच छलफल भइरहेको उनले जानकारी दिए।

  • No items

Leave a Reply

Your email address will not be published. Required fields are marked *