बिहानै लकडाउन उल्लंघन गर्दै हिडेका ११ सय नियन्त्रणमा

काठमाडौं, ५ बैशाख। बिहानै लकडाउन उल्लंघन गर्दै हिडेका १ हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौं उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। बिहान ८ बजेसम्म २ सय ७१ महिला सहित १ हजार १ सय ५ जनालाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ।

यसैगरी लकडाउन उल्लंघन गदै चलेका १ सय ४ वटा दुई पाङ्ग्रे र चारपाङग्रे सवारी सहित सवारीधनीलाई नियन्त्रणमा लिएको प्रहरीले जानकरी दियो। उनिहरुलाई नियन्त्रणमा लिई तीन घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *