बेलायतमा ‘कोभिड १९’ बाट थप एक नेपालीको निधन

लन्डन । बेलायतमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट थप एक जना नेपालीको निधन भएको छ । यो सँगै बेलायतमा मात्रै कोभिड १९ कै कारण निधन हुनेको संख्या करिब दर्जन पुगेको छ ।

पोखरा घर भई हाल सडवरी टाउन बस्ने पुष्पा घलेको कोरोना भाइरसकै कारण शनिवार निधन भएको छ । उनी एक केयर होममा काम गर्दै आएकी थिइन् ।ज्वरो, खोकी लागेपछि घरमै आइसोलेसनमा बसेकी अन्दाजी ३९ वर्षीया घले शनिवार अचानक श्वासप्रश्वासमा गाह्रो भएपछि नर्थवीक पार्क अस्पताल भर्ना भएकी थिइन् ।

अस्पताल पुर्याएको करीव ४ घण्टामा घलेको निधन भएको थियो । उनलाई जाँच गरेपछि ‘कोभिड १९’ भएको पुष्टी अस्पतालले गरेको छ ।स्वर्गीय घले श्रीमान, छोरासँग लन्डनको सडवरी टाउनमा १० बर्षदेखि बस्दै आएकी थिइन् ।

छोरा करीव एक बर्षमात्र उमेरको छ ।घलेको निधनसँगै सो घरमा बस्ने परिवारसहित सवै जना ‘आइसोलेसन’ मा छन् । अरुको स्वास्थ्य अवस्था सामान्य रहेको पारिवारीक स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *