बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार नाघ्याे

काठमाडौं, २ वैशाख । यूरोपेली देश बेलायतमा कोरोना भाइरस (कोभिड-१९)का कारण ज्यान गुमाउनेको संख्या ११ हजार नाघेकेा छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार मंगलबार बिहानसम्म बेलायातमा कोरोनाका कारण मर्नेको संख्या ११ हजार ३२९ पुगेकाे छ ।

बेलायतमा पछिल्लाे २४ घण्टामा मात्रै ७१७ जनाकाे मृत्यु भएकाे छ भने ३ हजार २४३ जना नयाँ संक्रमित भेटिएका छन् । बेलायमा अहिलेसम्म संक्रमितकाे संख्या भने ८८ हजार ६१२ पुगेकाे छ ।

अरू देशको तुलनामा बेलायतकाे निको हुनेको संख्या भने एकदमै न्युन रहेको छ । अहिले बेलायतमा ७६ हजारभन्दा बढीमा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ५५९ जनाको अवस्था भने गम्भीर रहेको छ । बेलायतमा त्यहाँका प्रधानमन्त्री बोरिस जोनसन र राजकुमार चार्ल्सलाई समेत कोरोनाको संक्रमण भएको थियाे । अहिले उनी निकाे भइसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *