बेलायतमा कोरोनाका कारण फेरि अर्का पूर्व गोरखा सैनिकको निधन

बेलायत, ३० चैत । कोरोना भाइरसका कारण बेलायतमा शनिबार फेरि अर्का एक पूर्व गोरखा सैनिकको निधन भएको छ । स्जाङजा वालिङ घर भई हाल बेलायतको स्वीन्डन शहरमा बस्दै आएका ८६ वर्षीय यामबहादुर मल्लको उपचारका क्रममा ग्रेट वेष्टर्न अस्पतालमा निधन भएको हो ।

मृतक मल्ल सन् २००४ देखि आफ्ना छोराबुहारीसगँ बस्दै आएका थिए । चार दिनअघि रुघाखोकी र पखाला लागेपछि मल्ललाई अस्पताल भर्ना गरिएको क्षेत्री समाजका अध्यक्ष राजनकुमार क्षेत्रीले बताउनु भयो । यसअघि कोरोना भाइरसकै कारण स्थायी घर संखुवासभा भइ बेलायत बस्दै आएका अर्का पूर्व गोरखा सैनिकको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *