बेलायतमा कोरोना संक्रमणबाट १४ हजारबढीको मृत्यु

बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या केही दिन यता बढ्दै गैरहेको छ । गएको २४ घन्टाभित्र बेलायतको अस्पतालमा थप ८ सय ४७ जनाको निधन भएपछि ज्यान गुमाउनेको कुल संख्या १४ हजार ५ सय ७६ पुगेको छ ।

शुक्रबार बेलायतमा ३ लाख ४१ हजार ५ सय ५१ जनामा कोरोनाको परिक्षण गरिएकोमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ लाख ८ हजार ६ सय ९२ जना पुगेको छ । बेलायतमा हालसम्म १७ जना नेपालीले कोरोनाबाट ज्यान गुमाइसकेका छन्, जसमध्य एक दर्जन जति भूपू गोर्खा रहेका छन् ।

हाल संसारभरिमा कोरोनाबाट १ लाख ४८ हजार ७ सय २० जनाले ज्यान गुमाएका छन् भने ५ लाख ५८ हजार ४ सय ४० जनाको उपचार भैसककेको वर्ल्डमिटर्समा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *