बेलायतमा तीन लाखभन्दा बढीको कोरोना परीक्षण गर्दा एक लाखभन्दा बढी पोजेटिभ

लन्डन । संयुक्त अधिराज्य बेलायतमा तीन लाखभन्दा बढीको कोरोना परीक्षण गर्दा एक लाखभन्दा बढीको नतिजा कोरोना पोजेटिभ देखिएको छ । बेलायती स्वास्थ्य मन्त्रालयका अनुसार बेलायतमा हालसम्म तीन लाख २७ हजार ६०८ जनाको कोरोना परीक्षण गरिएको छ । त्यसमध्ये एक लाख तीन हजार ९३ जनाको कोरोना जाँचको नतिजा पोजेटिभ देखिएको छ ।

बेलायतमा हालसम्म कोरोना संक्रमणबाट १३ हजार ७२९ जनाको अस्पतालमा मृत्यु भएको छ । बेलायतमा १५ अप्रिलमा १८ हजार ६६५ जनाको कोरोना परीक्षण गरिएको छ । – सीएनएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *