बेलायती प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार, आईसीयूबाट बाहिर निकालियो

काठमाडौं । कोराेना संक्रमणपछि १४ दिनसम्म आइसोलेशनमा राख्दा पनि स्वास्थ्यमा सुधार नभएपछि अस्पताल भर्ना गरिएका बेलायती प्रधानमन्त्री बोरिस जोन्सन खतरामुक्त भएका छन् ।

कोरोना भाइरसका कारण उच्च ज्वरो आएसँगै स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाइ आइईसीयूमा राखेर उपचार गरिएका थियाे । ५ दिनको उपचारपछि भने उनकाे स्वास्थ्यमा सुधार भएको बीबीसीले जनाएको छ । हाल उनलाई आईसीयूबाट बाहिर निकालिएको बीबीसीले उल्लेख गरेको छ । यद्यपि उनलाई अझै केही दिन अस्पतालमै राखेर थप उपचार गरिने बताइएको छ ।

५ मार्चमा अस्पताल भर्ना भएका प्रधानमन्त्री जोन्सनलाई ६ मार्चमा आईसीयूमा राखिएको थियो । सेन्ट थोमस अस्पतालमा उनको उपचार भइरहेका प्रधानमन्त्री जोन्सन दुई साता अघिबाट कोरोना भाइरस संक्रमणको चपेटामा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *