ब्राजिलमा कोरोनाबाट हजारौँले ज्यान गुमाउँदा पनि राष्ट्रपतिले वेवास्ता गरेपछि रिसाए समर्थक

एजेन्सी, २४ वैशाख । ब्राजिलमा कोरोना भाइरसबाट प्रत्येक दिन चार सयदेखि पाँच सय मानिसहरुको ज्यान गएको छ । तर ब्राजिलका राष्ट्रपति जायर बोलसोनारोमा भने मानिसहरु कोरोनाले मर्दा पनि कुनै असर नदेखिएको जनाइएको छ।

राष्ट्रपति बोलसोनारो लगातार कोरोना भाइरसको खतरालाई मान्न अस्वीकार गर्दै आएको बीबीसीमा उल्लेख छ । त्यसै कारणले उनी आलोचनामा पनि परेका छन् । उनको ताजा बयानको कारण उनको समर्थक पनि रिसाएका छन् । लण्डनका इम्पीरियल कलेजको अनुमानका अनुसार कोरोना संक्रमण अहिले ब्राजिलमा तीव्र गतिमा फैलिरहेको छ।

गत मंगलबार ब्राजिलमा कोरोनाबाट ज्यान जानेको संख्या पाँच हजार भन्दा बढि पुग्दा एक पत्रकारले देशमा ज्यान गुमाउनेको संख्याबारे राष्ट्रपतिसंग प्रश्न गर्दा उनले आफूले कुनै पनि चमत्कार गर्न नसक्ने जवाफ दिएका थिए।ब्राजिलमा अहिलेसम्म कोरोनाबाट एक लाख भन्दा बढि संक्रमित फला पेको छ । त्यस्तै ७ हजार ९ ५८ जनाको ज्यान गएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *