ब्रिटिस् गट ट्यालेन्टमा भीम निरौला, ‘सन्डे मर्निङ लभ’ वाेलकाे गीत गाएर पहिलो चरण पार गरे (भिडियाे)

काठमाडौं । नेपालका गायक भीम निरौला ‘ब्रिटिस गट ट्यालेन्ट’ प्रतियोगितामा सहभागी भएका छन् । प्रतियाेगीकाे रूपमा सहभागी भएका गायक निरौलाले गट ट्यालेन्टको पहलो चरणको अडिशनमा पारसमेत भएका छन् । केही वर्ष पहिले भीम निरौला ‘सन्डे मर्निङ लभ मन्डे मर्निङ लभ’ भन्ने वोलको गीत गाएर चर्चा कमाएका थिए ।

हिजाे अपलाेड भएकाे ब्रिटिस गट ट्यालेन्टको अडिशनकाे क्रममा यही गीत गाएका छन् । उनको प्रस्तुती प्रति एक जजले मन पराएका छैनन् । तर अन्य तीन जजले उनको गीत प्रस्तुती दुवै मन पराएका छन् ।

उनको प्रतुतीका बेला ती निर्णायक तथा दर्शकले ठूलो हुटिङ गर्दै सँगै गाएर तथा नाच्दै साथ दिएका छन् । गट ट्यालेन्ट विश्वका धेरै देशमा आयोजना हुँदै आएको अन्तर्राट्रिय रियालिटी हो । यहाँ आफूमा भएको जुनसुकै प्रतिभा प्रस्तुत गर्ने थलो हो । ५४ बर्षीय गायक निराैला हाल बेलायतमै बस्दै आएका छन् । याे प्रस्तुतीसँगै निराैलाकाे चर्चासमेत बढेकाे छ । नेपालमा उनले प्रस्तुती दिँदै गरेकाे भिडियाे युट्युब ट्रेन्डिङमा पनि परेकाे छ ।

(भिडियाे)

Leave a Reply

Your email address will not be published. Required fields are marked *