निको भएर फर्किएको साढे दुई महिनापछि पुन: कोरोना पोजिटिभ

एजेन्सी, २० बैशाख। विश्वमै महामारीको रुपमा फैलिएको कोरोना भाइरस ३४ लाखभन्दा बढी मानिसमा संक्रमण भएको पाइएको छ । अहिलेसम्म यो भाइरसका कारण विश्वभर २ लाख ३९ हजार ५९२ जनाको ज्यान गइसकेको छ ।

कतिपय बिकसित मुलुकले कोभिड १९ अर्थात कोरोना भाइरसको औषधि पत्ता लगाएको दावी गरेपनि यसको निराकरण गर्ने औषधि ठोस रुपमा कुनैपनि मुलुकले पत्ता लगाउन सकेको छैन् । यही क्रममा चीनका अनुसन्धानकर्ताहरुले भने कोरोना भाइरसका सम्बन्धमा नयाँ तथ्य फेला परेको दावी गरेका छन्।

उनीहरुले कोरोना भाइरस निको भइसकेका भनिएका व्यक्तिहरुमा पनि धेरै समयसम्म फोक्सोमा यसको भाइरस रहिरहने उनीहरुको दावी छ । अनुशन्धानको क्रममा उनीहरुले अस्पतालबाट निको भएर आएका एक बिरामीको साढे दुई महिना पछि पुन पोजिटिभ देखिएको तथ्य बाहिर ल्याएका छन् ।

निको भएर घर फर्किएका कोरोना भाइरस संक्रमित दक्षिण कोरिया, भियतनाम र चीनमै पनि पुन: पोजिटिभ देखिरहेको अवस्थामा अनुसन्धानकर्ताहरुले यो दावी गरेका हुन् । चिनिँया अनुशन्धानकर्ताहरुका अनुसार कोरोना फोक्सोमा लामो समयसम्म रहिरहन सक्छ । सामान्यरुपमा नमुना लिदा कोरोना भाइरस लुकेको हुनसक्ने हुनसक्छ ।

चीनको एक आयुर्वेदिक विश्वविद्यालयका शोध प्रमुख कोरोना संक्रमित एक ७८ बर्षीया वृद्धालाई ३ पटकसम्म कोरोना भाइरस नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज गरेको थियो । तर समयपछि ती महिलामा फेरी कोरोना पोजेटिभ देखिएको पुष्टि गरेको छ ।

ती वृद्धालाई २७ जनवरीमा अस्पतालमा भर्ना गरिएको थियो । १३ जनवरी अस्पतालबाट डिस्चार्ज भएको अर्को दिन नै हृदयघातबाट मृत्यु भयो । ती महिलाको पोष्ट मार्टम गर्दा लिभर, मुटुमा कोरोनाको संक्रमण देखिएन तर फोक्सोमा कोरोना भाइरसका स्ट्रेन देखियो । यसलाई माइक्रोस्कोपले हेर्दा कोरोना भएको पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *