भक्तपुर घटना प्रकरण : श्रीमती र छोराको ह’त्यापछि विष सेवन !

काठमाडौं, २७ भदौ । भक्तपुरमा एकै घरका ३ जना मृत भेटिएको घटनामा प्रहरीले गरेको प्रारम्भीक अनूशन्धानमा पारिवारिक कलहका कारण भएकाे तथ्य फेला पारेको छ । शुक्रबार राति भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा एकै घरका ३ जनाको शव फेला परेपछि प्रहरीले घटनाबारे अनूशन्धान गरिरहेको छ ।

उनीहरु एकै परिवारका श्रीमान, श्रीमती र छोरा रहेका छन् । प्रहरीको प्रारम्भीक अनूशन्धानबाट श्रीमानले श्रीमती र छोराको ह’त्या गरेर आफूले पनि आ;त्महत्या गरेको खुलेको छ । प्रहरीका अनुसार घटना भएको घरको पहिलो तलामा छोरा सुशान्त, दोस्रो तलामा उनकी आमा सम्झनाको शव र तेस्रो तलामा सुदिपको शव फेला परेको थियो ।

शुदिपका छोरा १५ बर्षका थिए भने श्रीमती सम्झना ३४ बर्षकी थिइन् । सम्झना र शुसान्तको शव टाउकोमा धारिलो हतियार प्रयोग गरी गहिरो चोट लागेको अवस्थामा रहेको तर सुदिपको शरीरमा चोटपटक नभएकोले घटना गराउनमा शुदिपकै हात रहेको प्रहरीको अनुमान छ ।

सुदिपले छोरा र श्रीमतिको हत्यापछि बिष सेवान गरेर आत्महत्या गरेको हुनसक्ने अनुमान गरेपनि पोष्टमार्टम रिपोर्ट भने आइसकेको छैन । उनीहरु तीनै जनाको शव परीक्षणका लागि त्रिवी शिक्षण आस्पताल महाराजगञ्जमा राखिएको छ ।

पोष्टमार्टम रिपोर्टपछि थप जानकारी आउने प्रहरीले जनाएको छ । शुक्रबार घटना भएको थाहा पाएपछि सुदिपका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेको थियो । उनीहरुको घरमा एउटा कुकुर पनि मृत भेटिएको थियो । सो कुकुर पनि विष खाएको कारण मरेको हुनसक्ने प्रहरीको अनुमान छ ।

प्रहरीले अनूशन्धानका क्रममा सो घरमा पारीवारिक कलह हुँदै आएको तथ्य पनि फेला परेको जनाएको छ । प्रहरीले छिमेकीमा सोधपुछ गर्दा श्रीमान श्रीमतिबीच विवाद हुँदै आएको बताएका छन् ।केहि समयअघि सम्म श्रीमानले जागिर गर्ने गरेको तर पछिल्लो समय जागिर छाडेपछि घरमा कलह हुँदै आएको छिमेकीले बताएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *