भारतका कारण नेपालमा प्याजको मुल्यले आकाश छुने निश्चित

काठमाडौं । कोरोना महामारीबीच भारतले नेपालविरुद्ध कडा एन्सन लिएको छ । भारत सरकारले प्याज निर्यातमा रोक लगाएको हो । काटेको र पाउडर बाहेक सबै प्रकारको प्याज निर्यातमा तत्काल लागू हुने गरी भारतले प्रतिबन्ध लगाएको जनाएको छ । घरेलु माग पुरा गर्न र प्याजको मूल्य घटाउन भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको हो ।

हाल दिल्लीमा प्याजको मूल्य ३५ देखि ४० भारतीय रुपैयाँ छ । त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले एक सूचना जारी गर्दै निर्यातमा रोक लगाइएको र तत्काल लागू हुने जनाएको छ । ‘प्याजको सबै किसिमको निर्यात तत्काललाई रोक लगाइएको छ’, मन्त्रालयको सूचनामा उल्लेख छ । यसकारण नेपालमा प्याजको अभाव हुने निश्चितजस्तै भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *