भारतको बिहार र उत्तर प्रदेशका क्वारन्टिन स्थलबाट भाग्न थाले हजारौं

नयाँ दिल्ली । भारतमा सरकारले कोरोनाभाइरस सङ्क्रमण रोक्न लकडाउन लागू गरेपछि शहरहरूबाट भागेर गाउँतिर पुगेका हजारौँ भारतीयहरू तिनलाई राखिएका क्वारन्टीन स्थलबाट भाग्न थालेका छन्।

उत्तर प्रदेश तथा बिहारजस्ता राज्यहरूमा त्यसरी फर्किएका आप्रवासीलाई राख्न सरकारी स्कुल तथा गाउँ परिषद्‌का भवनहरूमा क्वारन्टीन स्थल खडा गरिएका थिए। तर तीमध्ये कैयन् स्थलमा आधारभूत सुविधा पनि उपलब्ध थिएनन्।

बिहारका केही क्वारन्टीन स्थलमा मानिसहरू रातिराति भाग्ने अनि दिउँसो फेरि निःशुल्क भोजनका निम्ति फर्कने गरेको पाइएको छ। उत्तर प्रदेश र बिहार भारतका सबैभन्दा धेरै जनसङ्ख्या भएकामध्येका दुई राज्य हुन्। ती दुई राज्यमा गरी ३५ करोड जनसङ्ख्या छ। सघन बस्ती भएका यस्ता राज्यमा महामारी फैलियो भने भयङ्कर दुर्घटना हुने ठानिएको छ।बीबीसी नेपालीबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *