भारतको सुनौली क्वारेन्टाइनमा बसेका १०२ नेपाली स्वदेश फर्किए

भारतको सुनौलीमा क्वारेन्टाइनमा बसेका १ सय २ नेपाली शुक्रवार स्वदेश फर्किएका छन् । उनीहरुलाई सिमानाका बेलहियामा कोरोना परिक्षण गरेपछि मात्र सम्बन्धित जिल्लामा पठाइएको छ । सुनौलीमा रहेका ३ सय ४१ मध्ये शुक्रवार १०२ जनालाई नेपाल ल्याइएको हो ।

पहिलो दिन कोरोना परीक्षण गर्न समय लाग्ने भएकाले कम ल्याइएको र शनिवार बिहानैदेखि बाँकी नेपालीलाई ल्याइने रुपन्देहीका प्रमुख जिल्ला अधिकारी महादेव पन्थले जानकारी दिए ।

उनीहरुलाई सीमा नाका बेलहिया ल्याएर कोरोना परीक्षणपछि मात्र सम्बन्धित जिल्ला प्रशासनसँग समन्वय गरेर घर पठाउने व्यवस्था रहेको प्रजिअ पन्थले जानकारी दिए ।

सीमाक्षेत्र सुनौलीमा ३ सय ४१ नेपाली विगत २५ दिनदेखि क्वारेन्टाइनमा थिए । उनीहरुलाई ईन्टर कलेज नौतनवा, मोर्डन कलेज नौतनवा, सिटी होस्टल सुनौली बाइपास, र सुवास बोस जुनियर ईन्टरकलेज सुनौलीमा राखिएको ईलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरिक्षक ईश्वरी अधिकारीले बताए ।

रुपन्देही, अर्घाखाँची, पाल्पा, चितवन, तनँहु, बारा, कपिलवस्तु, प्युठान, धादिङ, बाग्लुङ्, स्याङ्जा, जाजरकोट, खोटाङ्, बाँके, मोरङ्, सुनसरी र पूर्वी नवलपरासी गरी १८ जिल्लाका नागरिक छन् ।

सुनौली क्वारेन्टाइनमा रहँदा आवासका साथसाथै दैनिक रूपमा स्वास्थ्यकर्मीहरुबाट स्वास्थ्य परीक्षण गराइरहेको गुल्मी धुर्कोट नयाँगाँउका अनिल खत्रीले बताए । आफ्नो नागरिक लिन सीमा नाका बेलहिया बस लिएर पुगेका मालारानी गाँउपालिकाका अध्यक्ष बालकृष्ण आर्चायले गाँउपालिका लगेर क्वारेन्टाइनमा राख्ने बताए । भारतमा रहेको समयमा नेपालीलाई दूरी कायम गरेर राखीएको छैन त्यस कारण गाँउपालीका पुर्‍याएपछि १४ दिन क्वरेन्टाइमा राखिने अध्यक्ष आर्चायले बताए । सीमाक्षेत्रमा खटिएका प्रदेश सभा सदस्य सन्तोष पाण्डेले कोरोना परीक्षणमा पोजिटिभ देखीएकालाई भैरहवामै राखिने र अन्यलाई सम्बन्धित जिल्लामा पठाइने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *