भारतमा काेराेना संक्रमितकाे संख्या ६ लाख नघ्याे, एकैदिन २० हजार संक्रमित फेला

काठमाडाैं, १८ असार । भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या दिनप्रतिदिन बृद्धि हुँदै गइरहेको छ । अघिल्ला दिनहरुमा भन्दा पछिल्ला दिनहरुमा दैनिक सङ्क्रमितको संख्या बढ्दै गइरहेको तथ्यांकले देखाएको छ ।

अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे भारत विश्वमा काेराेना संक्रमित देशकाे लहरमा चाैथाे स्थानमा छ । एसियाली देशहरूमा भने सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् ।

भारतकाे बुधबार मात्रै २० हजार नयाँ संक्रमित फेला परेका छन् । याेसँगै अहिले भारतमा काराेनभाइरसबाट संक्रमित हुनेकाे संख्या ६ लाख नाघेकाे छ । वर्डाेमिटर्सका अनुसार बिहीबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ६ लाख ५ हजार २२० पुगेकाे छ ।

काेराेनबाट मृत्यु हुनेकाे संख्या भने १७ हजार ८ सय ४८ पुगेकाे छ । जसमध्ये ४३८ जनाकाे भने बुधबार मात्रै मृत्यु भएकाे वर्डाेमिटर्सले जनाएकाे छ । बुधबार बिहानसम्म भारतमा काेराेनाभइरसबाट मृत्यु हुनेकाे संख्या १७ हजार ४१० थियाे ।

अहिले भातरमा २ लाख २७ हजार ५४७ जना सङ्क्रमित अवस्था मै रहेका छन् । तीमध्ये ८ हजार ९४४ जनाकाे अवस्था भने गम्भीर रहेकाे छ । त्यसैगरी ३ लाख ५९ हजार ८६३ जना सङ्क्रमण मुक्त भएर घर फर्किसकेका छन् ।

भारतमा पछिल्लो समयमा लकडाउनलाई खुकुलो बनाउदै लगिएको र परिक्षणको मात्रा पनि बढाइएकाले सङ्क्रमितहरुको संख्या धेरै देखिँदै गएको अधिकारीहरुले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *